National life

वीरगञ्ज नाकाबाट ९ महिनामा ७९ अर्ब ५४ करोडको निर्यात, आयात कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
1.2kShares
वीरगञ्ज नाकाबाट ९ महिनामा ७९ अर्ब ५४ करोडको निर्यात, आयात कति ?
ncell

काठमाडौँ। वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रू ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रू १० अर्ब १९ करोड अर्थात १५ प्रतिशत बढी आयात भएको हो।

जबकी गत आवको नौ महिनामा भने रू ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै १५ प्रतिशत निर्यात बढेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो नाका हुँदै चालु आवको नौ महिनामा रू ४३ अर्ब ६१ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रू ३६ अर्ब ६२ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको थियो । चालु आवको नौ महिनामा पाँच अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ भने गत आवको सोही अवधिमा भने रू पाँच अर्ब ७७ करोड मूल्य बराबरको निर्यात भएको थियो ।

त्यस्तै चालु आवको नौ महिनामा पाँच अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने ५९ करोड मूल्यको मात्रै भएको थियो । चालु आवको नौ महिनामा रू पाँच अर्ब पाँच करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने छ अर्ब ६१ करोड मूल्यको भएको थियो ।

चालु आवको नौ महिनामा रू दुई अर्ब ६९ करोड मूल्यको विभिन्न किसिमका कपडाहरु निर्यात भयो । त्यस्तै चालु आवको नौ महिनामा एक अर्ब ९४ करोड मूल्य पर्ने सिन्थेटिक यार्न निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?