National life

मौषममा सुधार आएसँगै दशैंको अग्रिम टिकट बुकिङ नरोकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ असोज २०८१, बुधबार
1.1kShares
मौषममा सुधार आएसँगै दशैंको अग्रिम टिकट बुकिङ नरोकिने
ncell

काठमाडौँ। मौषममा आएको सुधारसँगै दशैंको अग्रिम टिकट बुकिङ नरोकिने भएको छ । मङ्गलवार यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबी भएको बैठकमा मौषममा सुधार आएको र तीव्र गतिमा राजमार्गहरू खोल्ने काम भएको कारण अग्रिम टिकट बुकिङ कायम राख्ने सहमति भएको छ ।

सवारीसाधनले अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा समेत राखेर मात्र यात्रा गर्नुपर्ने सहमति भएको छ । अत्यधिक वर्षाका कारणले रेड जोनमा परेका सडक खण्ड तथा सडकहरूमा हेभी इक्विपमेन्ट तैनाथ राख्न सडक विभागलाई निर्देशन गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशका विभिन्न भागका प्रमुख राजमार्गहरू भासिने र पहिरोले अवरुद्ध भएका थिए । त्यसपश्चात् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ बन्द गर्ने मनसाय बनाएको थियो ।

यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले गत असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरिरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?