National life

अग्रिम टिकट बुकिङ अन्योलमा, छलफल जारी छ महासंघ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
1.2kShares
अग्रिम टिकट बुकिङ अन्योलमा, छलफल जारी छ महासंघ
ncell

काठमाडौँ । यस वर्षको दशैंतिहारका लक्षित अग्रिम टिकट खुलाउने विषयमा कुनै निर्णय नभएको नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ ।

सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा यही असोज १२ गतेदेखि टिकट बुकिङ खुला गरिएको भनेर समाचार बाहिरिएको भएपनी उक्त समाचार भ्रमपूर्ण रहेको राष्ट्रिय महासंघको भनाई छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवारका दिन बैठक बसेको र उक्त बैंठले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गर्ने विषयमा कुनै निर्णय नगरेको महासंघका उपाध्यक्ष सरोज सिटौलाले आर्थिक भ्वाईसलाई जानकारी दिएका छन् ।

बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापना अगावै मर्मत सम्भार गर्न, बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने लगायत ७ बुँदे निर्णय गरेको भएपनी अग्रिम टिकट बुकिङ खुला गर्ने सम्बन्धमा कुनै निर्णय नगरेको सिटौलाले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यातायात व्यवस्था विभागसंग आगामी मंगलवार बस्ने नेपाल यातायात व्यवसायी महासंघको बैंठकले अग्रिम टिकट बुकिङ खुला गर्ने र भाडादर समायोजन गर्ने महासंघका उपाध्यक्ष सिटौलाले जनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?