National life

रात्रिकालीन बस सेवामा रोक लगाउने बारे गृह मन्त्रालयमा छलफल जारी, व्यवसायी असन्तुष्ट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
618Shares
रात्रिकालीन बस सेवामा रोक लगाउने बारे गृह मन्त्रालयमा छलफल जारी, व्यवसायी असन्तुष्ट
ncell

काठमाडौँ। आज बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुई वटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ ।

यस प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृह मन्त्रालयमा छलफल  चलिरहेको छ । मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव अगाडि सारेको छ ।

बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यातायात व्यवसायीहरूले भने रात्रिकालीन सेवामा रोक लगाउनु नै जोखिम न्यूनीकरणको उपाय नभएको बताएका छन् ।

यातायात व्यवसायीले रात्रिकालीन सेवा रोक्नुभन्दा सडक सुरक्षाका उपायमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । चितवनको घटनाबारे जानकारी पाउनसाथ गृह मन्त्रालयमा कमाण्ड पोस्टको आपत्कालीन बैठक बसेको थियो । सो बैठकमा सहभागीहरूले घटनाको जानकारी लिनुका साथै बर्खाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुपर्ने धारण राखेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?