National life

नारायणगढ–मुग्लिन सडक खण्ड तीन साता दिउँसो बन्द गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ माघ २०८०, बिहिबार
643Shares
नारायणगढ–मुग्लिन सडक खण्ड तीन साता दिउँसो बन्द गरिने
ncell

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।

आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–(नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिए भने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?