National life

वर्षाका कारण सार्वजनिक यातायातमा ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असोज २०८१, बिहिबार
1.4kShares
वर्षाका कारण सार्वजनिक यातायातमा ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति
ncell

काठमाडौं । असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोडबराबरको क्षति भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो ।

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख बराबरको क्षति भएको महासङ्घले जनाएको छ ।
यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको रु २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको छ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड बराबरको क्षति भएको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
महासङ्घले े देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको पनि जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?