काठमाडौँ । नेपालमा केवाईसी, किङ्गलोङ्ग, निटा, दायुन, रिडारा, एक्ष्पेङ्ग, जीएसी,स्मार्ट, र अवतार आधिकारिक वितरक सिजी मोटर्स कम्पनीले अधिकतम चार्जिङ स्टेसन र सेवा केन्द्रहरूका साथ नेपालको अटोमोबाइल उद्योगमा नेतृत्व गर्दै आएको छ।
विद्युतीय गाडी आयात गरी आक्रामक बजार विस्तार गरिरहेको सिजी मोटर्सले फास्ट चार्जिङ स्टेसनमा लगानी बढाइरहेको समयमा सिजी मोटर्स प्रालि र पोखराका लागि डिलर टिटि ग्लोबल प्रालिले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेको छ ।
सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रमबीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन्। कम्पनीको कार्यालय परिसर पोखरामा चार्जिङ स्टेसन स्थापना गरिने उनको भनाई छ ।
चार्जिङ स्टेसन विस्तार पछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास कम्पनीको विश्वास छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने धारणा राखेका छन् ।
आगामी दिनमा सिजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको उनको भनाई छ । सिजी मोटर्सले देशभर दुई सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । अबको एक वर्षभित्र थप दुई सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालको भनाई छ ।
टिटि ग्लोबलले पोखराका लागि केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्री वितरण गर्दै आइरहेको छ। टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको बताए ।
नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जानका साथ, सीजी मोटर्स इवी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको छ। केही दिन अघि बागडोलमा नयाँ सर्भिस स्टेसन उद्घाटन गर्दै नेपालभरि २१ सर्भिस स्टेसनहरू तथा स्पेर पार्ट्स बिक्रीको सञ्जालगरि सम्पूर्ण ग्राहकहरूलाई निरन्तर सेवा दिन तत्पर रहेको भनाई छ ।
सिजी मोटर्स नेपालमा विश्वसनीय र आधुनिक सवारी साधन उपलब्ध गराउँदै ग्राहकको सुविधामा खटिएको छ । कम्पनीले नेपालभरि २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार जाने समेत उल्लेख गरेको छ ।


































