National life

सीजीले भन्यो: हिरोको सेल्स,सर्भिस र स्पेयर्स पार्टस् सेवालाई सर्वोत्कृष्ट बनाउँछौँ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ फागुन २०८०, शुक्रबार
878Shares
सीजीले भन्यो: हिरोको सेल्स,सर्भिस र स्पेयर्स पार्टस् सेवालाई सर्वोत्कृष्ट बनाउँछौँ
ncell

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिसलाई चुस्त बनाउदै गएको जनाएको छ ।

हिरोको आधिकारिक बिक्रेताको बोरमा अन्योल कायम रहँददै आएको कारण हिरोका उपभोक्ताहरूले आफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो। अब सीजी मोटर्स हिरोको आधिकारिक बिक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको छ।

‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्रीमात्र गर्दैनौं, ग्राहक पूर्ण सन्तुष्टी हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिने छौं’ सिजी मोटर्सले भनेको छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्रि एस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहनेछैन।’

हिरोको आधिकारिक बिक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले जनाएको छ। कम्पनीको प्रतिवद्धता छ, हामी उत्कृष्ट थ्रिएस सेवा दिने प्रतिवद्धता जाहेर गर्छौं, हिरोका सर्भिसलाई उपभोक्ताले नयाँ ढंगले फिल गर्ने गरि उत्कृष्ट बनाउनेछौँ। पार्टपुर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रकृया अगाडि बढाइसकेका छौं।’

अर्को महिना मार्चदेखि हिरोका सर्भिस सेन्टरहरुमा पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ। यसका लागि आफ्नै वेयरहाउस समेत तयार रहेको सीजीले जानकारी दिएको छ।

नेपालमा हिरो लोकप्रिय ब्रान्डका रुपमा स्थापित छ। हिरोका मोटरसाइकल र स्कुटर सर्वाधिक बिक्री हुनेमा पर्छन्। हजारौंको संख्यामा रहेका हिरोका ग्राहकहरु सन्तुष्ट गराउने एकमात्र लक्ष्य रहेको कम्पनीको भनाई छ।

सेल्स, सर्भिस, स्पेयर्स पार्टस्सँगै वारेन्टीको कुरा पनि उत्तिकै महत्वपूर्ण छ। हामीले अबदेखि वारेन्टीलाई शुनिश्चित गर्नेछौँ। सीजीले हिरो ब्राण्ड लिनुअघि वारेन्टीका समस्या छन् भने समाधानका लागि पहल गर्ने पनि जनाएको छ।

नेपालमा आफ्नो उपस्थितीाई बलियो बनाउने रणनीति अनुसार मोटरसाइकल र स्कुटरको विश्वकै सबैभन्दा ठूलो उत्पादक हिरो मोटोकर्पले नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना चौधरी ग्रुपमातहतको सिजी मोटर्ससँग सहकार्य गरेको थियो।

यही सहकार्यअन्तर्गत हिरो मोटोकर्प र सिजी मोटर्सले नेपाली बजारमा हिरोका उत्पादनहरु एसेम्बल गर्न नवलपुर जिल्लामा ‘स्टेट अफ दि आर्ट ग्रीनफिल्ड फेसिलिटी’ भएको प्लान्ट स्थापना गर्न लागेको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
878SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?