National life

बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
576Shares
बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन
ncell

काठमाडौँ । सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गरेको हो ।

बैठकले पौडेलको नेतृत्वमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ ।आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोगले आजैदेखि काम थाल्नेछ ।

यही पुस १३ गते ईपीएस कोरिया भाषा परीक्षार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । सोही दिन गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरुले उत्पादनमूलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । आक्रोशित भिडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?