National life

‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’बाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई सम्मान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
487Shares
‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’बाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई सम्मान
ncell

काठमाडाैं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२२’बाट सम्मानित भएको छ। भारतको गोवामा शनिबार भएको एक कार्यक्रमबीच बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो । सो अवार्ड शाइन रेसुंगा डेभलपमेन्ट बैंकका ब्रान्डिङ हेड प्रभास राईले ग्रहण गरेका थिए।

इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्थाले अवार्डका आवेदन दिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इन्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, करपछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानीलगायतका सूचकमा उत्कृष्ट भएको हो।

अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त प्राइसवाटरहाउस कुप (पीडब्ल्यूसी) अवार्ड छनौटको निर्णायकमा थियो।

स्थापनाकालदेखि नै इथिकल बैंकिङको मूल्य मान्यतामा अगाडि बढेकाले अहिले इमर्जिङ एशिया बैंकिङ अवार्ड प्राप्त गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए। ‘यससबाट बैंकको उचाइ थप माथि पुगेको छ’, उनले भने, ‘यो अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी र सेवाग्राही सबैको योगदान र साथ रहेको छ।’

बैंकले गत वर्ष न्यु बिजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो।

बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगाले हाल बैंक देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
487SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?