National life

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१९ साउन २०८३, मङ्गलबार
953Shares
शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड
ncell

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ मा तीन विधामा उत्कृष्टता हासिल गर्दै ठूलो सफलता हात पारेको छ।

भारतको प्रतिष्ठित इण्डियन चेम्बर अफ कमर्सद्वारा नयाँदिल्लीमा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्समा बैंकले ‘बेस्ट डेभलपमेन्ट बैंक अवार्ड’ सहित ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी तीनवटा अवार्ड जित्न सफल भएको हो।

दक्षिण एसियाली क्षेत्रका विभिन्न देशहरूबीच भएको प्रतिस्पर्धामा शाइन रेसुङ्गाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली विकास बैंकिङ क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। बैंकको वित्तीय अनुशासन, सुशासन, नाफा आर्जन क्षमता र दिगो व्यवसायिक वृद्धिलाई यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको विश्लेषण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अवार्डका लागि नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाहरूबीच प्रतिस्पर्धा भएको थियो। सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिएको थियो।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्राप्त गरेको यो सम्मानले नेपाली बैंकिङ क्षेत्रको विश्वसनीयता र अन्तर्राष्ट्रिय छवि अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
953SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?