काठमाडौँ : प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ
कम्पनीले आज (मङ्सिर २९ गते) बाट उक्त लिलामी शेयर बिक्री खुला गरेको छ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १४० रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन कम्पनी जनाएको छ।
आवेदन दिने अन्तिम म्याद पुस ६ गतेसम्म रहेको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौँमा बुझाउन सकिनेछ ।































