National life

एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा,कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
696Shares
एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा,कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

उक्त सेयरमा आज (मङ्गलवारदेखि) ११ गतेसम्म आवेदन दिन सकिने छ । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले एन आई सी एशिया क्यापिटल लिमिटेड,चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली, एन आई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय: ट्रेड टावर नेपाल, थापाथली, काठमाडौँ शाखा कार्यालयहरुः विराटनगर–३, मोरङ्ग, आदर्श नगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र वीरेन्द्रनगर, सुर्खेतबाट ३५ दिनभित्रै आवेदन दिनुपर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता सङ्ख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ। अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ। केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ। धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।

शेयर खरिदको लागि न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको हुँदा उक्त मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । शेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर सङ्ख्याको लागि आवेदन दिन सकिनेछ ।

तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल बीमा प्राधिकरणले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम सङ्ख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?