National life

कुमारी बैंक लिमिडेटले ६ वटा गाडी लिलाम गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
503Shares
कुमारी बैंक लिमिडेटले ६ वटा गाडी लिलाम गर्ने
ncell

काठमाडौं । कुमारी बैंक लिमिडेटले ६ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै ६ किसिमका पुराना सवारी साधन बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

बैंकका अनुसार चार पांग्रे गाडीहरु जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा लिलामी गर्न लागिएको हो ।

बैंकले सन् २०१० को महिन्द्रा बोलेरो, सन् २०११ का तीन वटा टाटा सुमो भिक्टा डि, सन् २०१२ को टाटा सुमो गोल्ड एक्स, सन् २०११ को टाटा इण्डिका र सन् २०१२ मा बनेको टाटा सुमो ग्रान्डे गाडी लिलाम गर्न लागेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका विभिन्न शाखा कार्यालयमा गई यी गाडीको निरीक्षण गर्न सकिनेछ । गोप्य शिलबन्दीमार्फत यी गाडी खरिद गर्न चाहनेले बोलपत्र फाराम भर्न सक्नेछन् ।

जसअनुसार ७ दिनभित्र सम्बन्धित शाखा कार्यालय वा बैंकको केन्द्रीय सामान्य प्रशासन विभाग, टंगालमा आइपुग्ने गरी बोलपत्र पेस गर्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?