National life

नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
511Shares
नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता
ncell

काठमाडौँ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यस सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आबद्ध हजारौँ सहकारीका सदस्यहरूले विभिन्न सहकारी मार्फत नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स सहजै भुक्तानी पाउन सकिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले हस्ताक्षर गरेका थिए ।

नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने,‘रेमिट्यान्स बजारमा राष्ट्रिय सहकारी बैंकसँग हाम्रो आबद्धता हुनु हाम्रा लागि अझ बढी गौरवको विषय हो । यसबाट विभिन्न सहकारीमा आबद्ध सदस्यहरूले आफू आबद्ध सहकारी मार्फत नै रेमिट्यान्स भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ ।’

यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले भने, ‘नेपाल रेमिटजस्तो लामो इतिहास भएको रेमिट्यान्स कम्पनीसँग हाम्रो आबद्धता हुनु भनेको हाम्रा लागि पनि खुसीको कुरा हो । अबदेखि राष्ट्रिय सहकारी बैंकका कुनै पनि शाखाबाट नेपाल रेमिट मार्फत पठाएको रकम प्राप्त गर्न सक्नुहुनेछ ।’

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?