काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले केही संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको हाे ।
बैंकका अनुसार बिक्रीमा ल्याएको सो शेयरमा आजदेखि जो कोही व्यक्ति, संस्थाहरुले खरिद आवेदन दिन सक्ने छन् ।
बैंकले जेठ १० गते विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेको थियो ।
सो समयमा कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेकोले आजदेखि सर्वसाधारण तथा संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले १५ दिन भित्र कम्पनी सचिवको कार्र्यालयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

































