National life

महालक्ष्मी विकास बैंकद्धारा अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
583Shares
महालक्ष्मी विकास बैंकद्धारा अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंकले अमर माध्यामिक विद्यालय हेटौंडा, पर्सामा कक्षा ९ मा अध्यनरत छात्रा सुमिना भोम्जनलाई अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था यती फाइनान्सका संस्थापक अध्यक्ष स्व. अशोक श्रेष्ठको स्मृतिमा स्थापित अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्व।अशोक श्रेष्ठकी श्रीमती निमर्ला श्रेष्ठले विद्यार्थी भोम्जनलाई हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले रु।पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै निमर्ला श्रेष्ठले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे । विद्यालय व्यावस्थापनका अध्यक्ष उमाकान्त गौतमले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पु-याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता व्यक्त गरे ।

आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?