National life

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलार्ई आर्थिक सहयोग प्रदान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
527Shares
महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलार्ई आर्थिक सहयोग प्रदान
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंकले विद्यार्थीलार्ई आर्थिक सहयोग प्रदान गरेकाे छ । बैंकले कालीकोट जिल्लाका ५ विद्यार्थीलार्ई आर्थिक सहयोग प्रदान गरेको हाे ।

कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई कालीकोट जिल्लाका ५ विद्यार्थीको प्लस टु वा डिप्लोमा अध्ययनमा सहयोग पुर्याउनका लागि २ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकले कालीकोट जिल्लाका सरकारी विद्यालबाट एसइई उत्तीर्ण गरी काठमाण्डौ वा अन्य जिल्लामा गई थप अध्ययन गर्न इच्छुक तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सीटीईभीटीअन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले कर्णली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई २ लाख ५० हजारबराबरको चेक हस्तान्तरण गरे ।

बैंकले अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले बागिश्वरी मावि भक्तपुरमा अध्ययनरत दत्त कठायत, लोयल्टी एकेडेमी बूढानीलकण्ठमा अध्ययनरत ईश्वरी शाही, भैरव मावि सुर्खेतमा अध्ययनरत भावना शाही, बे्रन ल्यान्ड एकेडेमी बूढानीलकण्ठमा अध्ययनरत सृष्टि शाही र रिलायन्स इन्टरनेसनल एकेडेमी चाबहिलमा अध्ययनरत सृष्टिकुमारी शाहीलाई प्रतिविद्यार्थी रु. ५० हजारबराबरको छात्रवृत्ति उपलब्ध गराएकोे छ । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्द रहिआएको छ । बैंकले आमग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्दता जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?