National life

माछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
610Shares
माछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु
ncell

काठमाडौं । माछापुच्छ्रे बैंकले कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेकाे छ । बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको हाे ।

टोकनाइजेसनलाई विश्वमै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिका रुपमा लिने गरिन्छ । जसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पोसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनका माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिनेछ । सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले साझेदारी र सहकार्यलाई आत्मासात गर्दै एफवान सफ्ट इन्टरनेसनल प्रालि र नेपाल क्लियरिङ हाउस र सिटीटेक्स प्रालिसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो । बैंकले टोकनाइजेसनलाई विस्तारै अन्य प्रोडक्ट तथा सर्भिसमा पनि प्रयोगमा ल्याउने जनाएको छ ।

बैंकिङ क्षेत्रमा विभिन्न ट्रेन्ड सेट गर्दै अगाडि बढिरहेको माछापुच्छ्रे बैंकले विशेषगरी डिजिटल बैंकिङ क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नवीनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकमाझ सञ्चालन गर्दै आएको छ ।

यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधालाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले ‘ट्याप एन्ड पे’ सेवा बैंकले सञ्चालनमा ल्याएको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?