National life

नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|०८ असोज २०८३, बिहिबार
334Shares
नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा
ncell

काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ परिवर्तन गरी चलनचल्तीमा ल्याइएको जनाएको हो। नोटमा बैजनी रंगको घेराभित्र फिक्का हरियो रंग प्रयोग गरिएको छ।

नयाँ नोटको अग्र भागमा सगरमाथाको चित्र, लालीगुराँसको पानी छाप तथा ‘१०००’ अंकित पानी छाप राखिएको छ।

Royal Enfield
nic asia capital
त्यस्तै, दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू राखिएका छन्।

नोटको पृष्ठभागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ। त्यस्तै, नेपालको सात वटा प्रदेशलाई जनाउने गरी सात वटा लालीगुराँसको चित्र तथा हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति राखिएको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
334SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?