National life

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन समुद्घाटन तथा १३४ औं शाखा संचालन

एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सोमबार सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा शाखा विस्तार गरेको छ ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|०५ असोज २०८३, सोमबार
332Shares
धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन समुद्घाटन तथा १३४ औं शाखा संचालन
ncell

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सोमबार सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा शाखा विस्तार गरेको छ । बैंकले १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको हो । साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवा सोहि भवनबाट प्रदान गर्ने व्यहोरा जनाएको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

धनगढी उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका संचालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यज्यूबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ , बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञ राज तिमिल्सिना , विभिन्न उद्योग व्यवसायी तथा बैंकका अन्य कर्मचारी लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।

क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
332SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?