National life

महालक्ष्मी विकास बैंकको नाफा ४८% बढ्यो, ईपीएसमा पनि सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२० साउन २०८३, बुधबार
5.5kShares
महालक्ष्मी विकास बैंकको नाफा ४८% बढ्यो, ईपीएसमा पनि सुधार
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको सुधारिएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४८.४६ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ४२ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खुद ब्याज आम्दानीमा वृद्धि र इम्पेयरमेन्ट चार्जमा आएको कमीले बैंकको नाफा बढाउन सहयोग पुगेको देखिएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २३ करोड ४ लाख रुपैयाँ, खुद सञ्चालन आम्दानी २ अर्ब १७ करोड रुपैयाँ र सञ्चालन मुनाफा ९३ करोड ७९ लाख रुपैयाँ कायम भएको छ ।

वितरणयोग्य नाफा बढ्यो, लाभांश क्षमता स्थिर

बैंकको वितरणयोग्य मुनाफामा समेत सुधार देखिएको छ । अघिल्लो वर्ष ४४ करोड ५५ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा बढेर ४६ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

यद्यपि बैंकको लाभांश क्षमता भने सामान्य घटेको छ । अघिल्लो वर्ष १०.३७ प्रतिशत रहेको लाभांश क्षमता समीक्षा अवधिमा १०.३१ प्रतिशतमा सीमित भएको छ ।

खराब कर्जा बढ्यो, इम्पेयरमेन्ट चार्ज घट्यो

बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने बढेको छ । अघिल्लो अवधिमा ४.९८ प्रतिशत रहेको एनपीएल बढेर ६.३२ प्रतिशत पुगेको छ ।

तर, कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा भने सुधार देखिएको छ । अघिल्लो वर्ष ५१ करोड ७३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर ३१ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) समेत बढेको छ । अघिल्लो अवधिमा ९.८८ रुपैयाँ रहेको ईपीएस बढेर १३.९६ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६५.४२ रुपैयाँ, तरलता अनुपात २७.३५ प्रतिशत, मूल्य आम्दानी अनुपात (पीई रेसियो) २४.७८ गुणा र इक्विटीमा प्रतिफल (आरओई) ८.६६ प्रतिशत कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
5.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?