National life

महालक्ष्मी विकास बैंकले पायो लगातार तेस्रोपटक ISO 9001:2015 प्रमाणपत्र

गुणस्तरीय बैंकिङ सेवामा महालक्ष्मी विकास बैंकको निरन्तरता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|२४ भदौ २०८३, बुधबार
1.2kShares
महालक्ष्मी विकास बैंकले पायो लगातार तेस्रोपटक ISO 9001:2015 प्रमाणपत्र
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त ISO 9001:2015 मापदण्डअन्तर्गत लगातार तेस्रोपटक प्रमाणित भएको छ।

बैंकले गुणस्तर व्यवस्थापन प्रणालीमार्फत अन्तर्राष्ट्रिय मापदण्डअनुसार वित्तीय सेवा प्रवाह गर्दै आएको जनाउँदै तेस्रो सर्भिलियन्स अडिट सफलतापूर्वक सम्पन्न गरेपछि पुनः ISO प्रमाणपत्र प्राप्त गरेको जनाएको छ।

बैंकले सन् २०२४ अगस्ट १६ देखि लागू हुने गरी पहिलोपटक ISO 9001:2015 प्रमाणपत्र प्राप्त गरेको थियो। त्यसपछि सन् २०२५ मा पहिलो सर्भिलियन्स अडिटबाट प्रमाणित भएको बैंकले सन् २०२६ अगस्टमा सम्पन्न तेस्रो सर्भिलियन्स अडिटबाट समेत प्रमाणिकरणलाई निरन्तरता दिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पछिल्लो प्रमाणिकरण सन् २०२६ अगस्ट १६ अर्थात् २०८३ साल साउन ३२ गतेदेखि लागू भएको बैंकले जनाएको छ।

बैंकले ‘Provision of Development Banking Activities’ अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको हो। बैंकका अनुसार विकास बैंकहरूमध्ये ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्ने अग्रणी संस्थाका रूपमा आफूलाई स्थापित गरेको छ।

ISO प्रमाणिकरणका क्रममा बैंकको नीति, नियम, कार्यप्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको विस्तृत परीक्षण र अडिट गरिन्छ। अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्रभावकारी गुणस्तर व्यवस्थापन प्रणाली कायम राख्दै ग्राहक सन्तुष्टि तथा सेवामा निरन्तर सुधार गर्न सक्ने संस्थालाई यस्तो प्रमाणपत्र प्रदान गरिन्छ।

बैंकले पछिल्लो समय डिजिटल तथा ग्राहककेन्द्रित सेवाको विस्तारलाई समेत प्राथमिकता दिँदै आएको छ। यसै क्रममा काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

गुणस्तर व्यवस्थापन प्रणालीको निरन्तर प्रमाणीकरणसँगै डिजिटल सेवाको विस्तारमार्फत ग्राहकलाई थप सहज, आधुनिक र गुणस्तरीय बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य बैंकले अघि सारेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?