National life

नेपाल राष्ट्र बैंकको आग्रह: सर्त बुझेर मात्र प्रयोग गर्नुहोस् क्रेडिट कार्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|३० असार २०८३, मङ्गलबार
1.2kShares
नेपाल राष्ट्र बैंकको आग्रह: सर्त बुझेर मात्र प्रयोग गर्नुहोस् क्रेडिट कार्ड
ncell

काठमाडौं - नेपाल राष्ट्र बैंक (एनआरबी) ले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई वित्तीय रूपमा सचेत र जिम्मेवार बन्न आग्रह गर्दै कार्ड प्रयोगअघि सबै सर्त तथा सुविधाबारे स्पष्ट जानकारी लिन अनुरोध गरेको छ।

केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आफ्नो नियमित वित्तीय साक्षरता अभियान #TuesdayFinLitNRB अन्तर्गत जारी गरेको सूचनामा क्रेडिट कार्डको असावधानीपूर्ण प्रयोगले उपभोक्तालाई ऋणको चक्रमा पार्न सक्ने भएकाले सर्त बुझेर मात्र प्रयोग गर्न आग्रह गरिएको हो।

राष्ट्र बैंकका अनुसार हाल 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाले विद्युतीय भुक्तानी उपकरणका रूपमा क्रेडिट कार्ड जारी गर्दै आएका छन्। डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएसँगै उपभोक्ताको वित्तीय सुरक्षा सुनिश्चित गर्न यस्तो सचेतनामूलक निर्देशन जारी गरिएको बैंकले जनाएको छ।

क्रेडिट कार्ड लिनुअघि बुझ्नुपर्ने मुख्य विषय

राष्ट्र बैंकले ग्राहकहरूले कार्ड लिनुअघि वा प्रयोग गर्नुअघि निम्न सात विषय अनिवार्य रूपमा बुझ्नुपर्ने उल्लेख गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

  • सामान खरिद तथा नगद झिक्न मिल्ने अधिकतम सीमा (क्रेडिट लिमिट)

  • ब्याज नलाग्ने भुक्तानी अवधि (ग्रेस पिरियड)

  • समयमै भुक्तानी नगर्दा लाग्ने पेनल ब्याज

  • वार्षिक नवीकरण शुल्क

  • मासिक कारोबार विवरण (स्टेटमेन्ट)

  • गुनासो दर्ता गर्ने आधिकारिक प्रक्रिया

  • कार्डसँग सम्बन्धित अन्य शुल्क, सर्त तथा नियमहरू

  • समयमै भुक्तानी गर्न आग्रह

    राष्ट्र बैंकले क्रेडिट कार्डलाई सुविधाजनक वित्तीय उपकरणका रूपमा व्याख्या गर्दै तोकिएको समयभित्र सम्पूर्ण बक्यौता भुक्तानी गरेमा सामान्यतया ब्याज नलाग्ने जनाएको छ। तर निर्धारित समय नाघेमा बैंकहरूले उच्च ब्याजदर तथा जरिवाना शुल्क असुल गर्न सक्ने भएकाले समयमै भुक्तानी गर्ने बानी बसाल्न उपभोक्तालाई आग्रह गरिएको छ।

    गुनासो कहाँ गर्ने?

    यदि कुनै बैंक वा वित्तीय संस्थाले क्रेडिट कार्ड सेवामा अनियमितता गरेको, ग्राहकलाई अनुचित व्यवहार गरेको वा सेवामा समस्या उत्पन्न भएको खण्डमा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण एकाइमा गुनासो दर्ता गर्न सकिनेछ।

    गुनासोका लागि आधिकारिक अनलाइन पोर्टल: www.gunaso.nrb.org.np

    सम्पर्क नम्बर: ०१–५३१९६०५

    राष्ट्र बैंकले सम्पूर्ण उपभोक्तालाई जिम्मेवार र सचेत भएर क्रेडिट कार्ड प्रयोग गर्न तथा अनावश्यक ऋणको जोखिमबाट जोगिन सबै सर्त र नियमहरू राम्रोसँग बुझ्न आग्रह गरेको छ।

    यो समाचार शेयर गर्नुहोस्
    1.2kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?