National life

कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
633Shares
कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण
ncell

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यायल श्रृजनाचोक मार्फत पोखरा म.न.पा. वडा नं ८, रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो ।

बैंकका सञ्चालक बलराम बरालले श्रीकृष्ण प्रणामी मन्दिर समिति नेपालका अध्यक्ष पुरुषोत्तम रेग्मीलाई उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । बैंकले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा समितिद्वारा आयोजित श्रीकृष्ण प्राकट्य महा महोत्सव कार्यक्रमको बीच उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा पोखरा म.न.पा. वडा नं ८ का वडा अध्यक्ष रुद्र नाथ बराल, मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, भक्तजनहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

आगामी दिनहरुमा पनि सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?