काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको देखिएको छ ।
मंगलबार सार्वजनिक भएको मन्त्रीहरूको सार्वजनिक विवरणअनुसार पुनसँग चल सम्पत्तिका रूपमा एनएमबी बैंकमा उक्त रकम मौज्दात रहेको उल्लेख छ ।
यसबाहेक उनीसँग रोल्पामा ८२० वर्गमिटरमा फैलिएको घर रहेको छ भने जुन पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
बैंकमा ३३ लाख मौज्दात र रोल्पामा घरबाहेक पुनसँग अरू केही नरहेको बताइएको छ ।
उनीसँग सुनचाँदी, हिरा जवाहरात र सेयर समेत नरहेको उल्लेख छ । यस्तै पुनसँग पार्टीले दिएको एउटा सवारी साधन छ ।


































