National life

आइपिओ निष्कासन गर्दै सिद्धार्थ इन्टरनेशनल होटल बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल  

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ साउन २०८१, मङ्गलबार
844Shares
आइपिओ निष्कासन गर्दै सिद्धार्थ इन्टरनेशनल होटल बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल  
ncell

काठमाडौँ । सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई चयन गरेको छ ।

मंगलबार बिहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि ९लक्ष्मण० न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० कविन्द्र ध्वज जोशीले नियुक्तपत्रमा हस्ताक्षर गरेका हुन्।

अध्यक्ष न्यौपानेले चालु आर्थिक वर्षमै आइपीओ निष्कासन गरिने जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनका अनुसार कूल जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागिएको हो । सिद्धार्थ हस्टिपालिटी अन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका साथै हस्पिटालिटी एजुकेशन, रेष्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।

मुक्तिनाथ बिकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटल अनुभवी तथा कुशल व्यवस्थापनसहित पुँजी बजारमा लगानी व्यवस्थापन सेवा, शेयर रजिस्ट्रार, धितोपत्र निष्कासन तथा बिक्री  प्रबन्धसम्बन्धी सेवा, शेयर प्रत्याभूतिसम्बन्धी सेवा तथा संस्थागत परामर्शदातासम्बन्धी सेवा दिँदै आइरहेको अग्रणी मर्चेन्ट बैंकिङ कम्पनी हो ।

यो समाचार शेयर गर्नुहोस्
844SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?