National life
cg eloctronics

आरएसडिसी लघुवित्तको साधारणसभा आह्वान, मर्जर प्रस्ताव पनि समावेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ कात्तिक २०८२, सोमबार
2.1kShares
आरएसडिसी लघुवित्तको साधारणसभा आह्वान, मर्जर प्रस्ताव पनि समावेश
muktinatha bikash bank

काठमाडौँ । आरएसडिसी लघुवित्तले साधारणसभा आह्वान गरेको छ। लघुवित्तले मङ्सिर १२ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

लघुवित्तको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख रहेको छ। लघुवित्तको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

लघुवित्तले उपयुक्त लघुवित्त संस्थासंग गाभ्ने गाभिने, तथा यसबारे निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

everest bank

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई रकम रु.८,२७,२५,१५३।३६ (अक्षरेपि आठ करोड सत्ताईस लाख पच्चिस हजार एक सय त्रिपन्न रुपैंया र पैसा छत्तीस मात्र) (अर्थात चुक्ता पूँजीको ८ प्रतिशत) न लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।

४. आर्थिक वर्ष २०८२ / ८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने । (कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक श्री पि. एल. आर. जि. एसोसिएट्स चार्टर्ड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन योग्य रहेको) ।

विशेष प्रस्ताव १. यस वित्तीय संस्था अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सो समितिले गरेको कार्य अनुमोदन गर्न, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिको सन्दर्भमा DDA नियुक्ती गर्न, निजको पारिश्रमिक तोक्ने लगायतका प्रक्रिया अवलम्बन गरी उपयुक्त संस्थालाई एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?