National life
cg eloctronics

इन्फ्रास्ट्रक्चर बैंकले कर्जा नोक्सानी गरी कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
680Shares
इन्फ्रास्ट्रक्चर बैंकले कर्जा नोक्सानी गरी कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने
muktinatha bikash bank

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई कर्जा नोक्सानी गरी कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने सुविधा दिएको छ । राष्ट्र बैंकले सर्कूलर जारी गर्दै निफ्रालाई कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने सुविधा दिएको हाे ।

‘ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको कुनै अवस्था देखिएमा संस्थामा ऋणीले पेश गरेको लिखित कार्ययोजनाका आधारमा कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न मिल्ने छ ।’ राष्ट्र बैंककाे सर्कूलरमा भनिएको छ

3 ad - 1
3 ad - 2
3 ad - 3

पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भैरहेका कर्जालाई देहायबमोजिमका सबै अवस्थाको पालना गरी पुनरसंरचना/वा पुनरतालिकीकरण गरिएमा न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ ।

पहिलो पटक पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएमा, समान किस्तामा भुक्तानी हुनेगरी पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएमा, बढीमा एक वर्षसम्म ग्रेस अवधि राखी कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएमा, पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा, वर्गीकरण भैरहेका कर्जालाई माथि बुँदा नं. (क) मा उल्लेखित बाहेकको अवस्थामा पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएमा न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?