National life

एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा उपचार गर्दा ५०%सम्म छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१४ कात्तिक २०८२, शुक्रबार
1.5kShares
एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा उपचार गर्दा ५०%सम्म छुट
ncell

काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई रुपन्देहीमा रहेको देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट सुविधा उपलब्ध

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहक महानुभावहरुले यस अस्पतालमा सेवा लिँदा OPD Ticket मा ५० प्रतिशत, , Normal Bed Charge मा २५ प्रतिशत, , ICU/NICU/PICU/CCU मा १० प्रतिशत, Surgical Treatments मा १५ प्रतिशत, , Pathological Lab Charges मा १५ प्रतिशत, Radiological Services मा १५ प्रतिशत (CT / MRI बाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

Royal Enfield
nic asia capital
उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?