National life
cg eloctronics

एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशबाट ७५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२१ माघ २०८२, बुधबार
1.3kShares
एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशबाट ७५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
muktinatha bikash bank

काठमाडौँ। एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न थालेको छ।

बैंकले काठमाडौं उपत्यका बाहिरको सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुबाट आएका आवेदनहरुबाट छनौट गरी ७५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

बैंकले सातै प्रदेशमा सरकारी तथा सामुदकायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको थियो । विगतका वर्षहरुमा पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिएको यस छात्रवृत्तिले उहाँहरुको शैक्षिक गुणस्तर बढ्नुको साथै व्यक्तित्व विकास तथा आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले बताए।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?