National life

एनएमबी बैंकको सीइओमा गोविन्द घिमिरे नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ फागुन २०८१, शनिबार
864Shares
एनएमबी बैंकको सीइओमा गोविन्द घिमिरे नियुक्त
ncell

काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी २ कार्यकाल पूरा गरेर फागुन अन्तिमबाट विदा हुँदैछन् । रिक्त हुन लागेको प्रमुख कार्यकारी अधिकृत पदको रुपमा चैतबाट घिमिरेले कमान सम्हाल्ने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सन् १९९५ बाट तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।

https://aarthikvoice.com/archives/31802

सन् २००९ देखि एनएमबी बैंकमा आवद्ध उनी २०७९ असोज ११ गते डीसीईओमा बढुवा भएका थिए । उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् ।

घिमिरे सीईओ बनेसँगै सञ्चालक समितिको बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनाएको छ । उपाध्याय चाहिँ विगत एक दशकदेखि एनएमिब बैंकमा कार्यरत छन् । उनी सन् २०१५ मा एनएमबि बैंकको सिनियर म्यानेजरको रुपमा भित्रिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
864SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?