काठमाण्डौ। कुमारी बैंकले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आफ्नोे विद्यमान संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर आजदेखि बिक्रीमा राखेको हो ।
उक्त संस्थापक सेयर संस्थापकहरुका लागि बिक्रीमा राखिएको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।
निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।


































