National life
cg eloctronics

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
529Shares
कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
ncell

काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप प्गmबचष् क्mबचत मार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ।

भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकहरुले आफ्नो प्गmबचष्क्mबचत एपमार्फत सहजै मोबाईलबाट सुचारु गर्न सक्नेछन् । फोनपेको क्यूआर मर्चेन्टहरुमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरुले अधिकतम ४५ दिन सम्म बिना ब्याज (शर्तहरु लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । ATM, POS tyf  तथा Green-PIN सुविधा विस्तार गर्नुका साथै Visa, Mastercard tyf UPI Card तथा ग्एक्ष् ऋबचम स्वीकार्यता देशभरकाATM / POS मा लागू गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैंकले आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाहरु प्रदान गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?