National life

कृषि विकास बैंकद्वारा महिला फुटबल खेलाडीलाई नगद पुरस्कार प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ फागुन २०८०, शनिबार
524Shares
कृषि विकास बैंकद्वारा महिला फुटबल खेलाडीलाई नगद पुरस्कार प्रदान
ncell

काठमाडौं । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सहयोग गरेको छ।

साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपमा उपविजेता भएर नेपाल फर्किएका खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरूलाई प्रोत्साहनस्वरुप बैंकले बिहीबार अखिल नेपाल फुटवल संघ ९एन्फा० मार्फत ६ लाख ७० हजार नगद पुरस्कार प्रदान गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको अध्यक्षता तथा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्बाङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा एन्फाका पदाधिकारीहरु, अफिसियल टिम, प्रशिक्षकहरू, बैंकका उच्च पदस्थ कर्मचारीहरू, बैंकका क्रियासिल युनियनका प्रतिनिधिहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिति थियो।

कार्यक्रममा प्रमुख अथिति एन्फाका अध्यक्ष नेम्वाङले कृषि विकास बैंकले खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुशासित र लगनशिल भएर काम गर्दा खेलमा मात्र नभएर सबै क्षेत्रमा सफलता हासिल गर्न सकिने धारणा राखे।

उनले नेपाली महिला फुटवल टिमका खेलाडी, टिममा संलग्न सदस्यहरू तथा एन्फालाई हार्दिक बधाई ज्ञापन गर्दै नगद पुरस्कार, सम्मान पत्र र मायाको चिनो प्रदान गरे।

साथै प्रत्येक खेलाडीले सो खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरेका क्षणहरूलाई स्मरण गर्दै उच्च प्रशंसा समेत गरे।

 

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?