National life

केन्द्रीय बैंकद्धारा हुन्डी कारोबारमा संलग्न दुई कम्पनीको लाइसेन्स खारेज

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असार २०८२, शुक्रबार
478Shares
केन्द्रीय बैंकद्धारा हुन्डी कारोबारमा संलग्न दुई कम्पनीको लाइसेन्स खारेज
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ।

बिहीबार सम्पन्न सञ्चालक समितिको निर्णयअनुसार, भुक्तानी तथा फछ्र्योट ऐन २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) बमोजिम दुवै कम्पनीको लाइसेन्स रद्द गरिएको हो।

पेवेल नेपाल प्रालि ११ असोज २०७७ र सजिलो पे पेमेन्ट सर्भिसेसले १७ चैत २०७७ मा राष्ट्र बैंकबाट लाइसेन्स पाएका थिए । यी कम्पनीले अन्य विभिन्न कानुनी व्यवस्था समेत पालना नगरेको केन्द्रीय बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

आज सार्वजनिक गरिएको सूचनामार्फत राष्ट्र बैंकले दुवै कम्पनीको अनुमतिपत्र खारेज गरिएको जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?