National life
cg eloctronics

छिमेक लघुवित्तको २ लाख ४४ हजार ४८० कित्ता संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
406Shares
छिमेक लघुवित्तको २ लाख ४४ हजार ४८० कित्ता संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्थाको करिब साढे २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

संस्थाको संस्थापक समूहको २ लाख ४४ हजार ४८० कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा संस्थापक शेयर धनीका साथै अन्य व्यक्ति, कम्पनी र संघसंस्थाले समेत खरिद आवेदन दिन सक्नेछन्।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। बिक्रीमा राखिएको शेयरमा असार १० गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। आवेदन काठमाडौँको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा पेस गर्न सकिने संस्थाले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
406SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?