National life

दिगो पर्यटन सहकारी ठगी मुद्दा ठहर भएसँगै एमाले नेता अर्याल पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
1KShares
दिगो पर्यटन सहकारी ठगी मुद्दा ठहर भएसँगै एमाले नेता अर्याल पक्राउ
ncell

काठमाडौँ। सहकारी ठगी मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् । दिगो पर्यटन सहकारी संस्थामा ठगी गरेको आरोपमा एमाले नेता अर्याल पक्राउ परेका हुन् ।

सोह्रखुट्टेमा रहेको दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण तिर्न अस्वीकार गरेपछि काठमाडौँ जिल्ला अदालतको पक्राउ आदेशका आधारमा सोह्र खुट्टे प्रहरीले उनलाई पक्राउ गरी अपराध महाशाखामा बुझाएको हो ।

प्रहरीका अनुसार अब अर्याललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिनेछ।२०७४ साल जेठ ३० गते अर्यालले सहकारीबाट ११ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनी त्यसबेला संस्थाको सञ्चालक समितिमा समेत संलग्न थिए ।

सहकारीले पटक पटक लिखित र मौखिक अनुरोध गर्दा पनि उनले साँवा र ब्याज तिर्न अस्वीकार गरेपछि २०७९ पुस ४ गते संस्थाले काठमाडौँ जिल्ला अदालतमा ठगीको मुद्दा दायर गरेको थियो ।

अर्याल एमालेको उपत्यका विशेष प्रदेश कमिटी सदस्य हुन् । उनले उद्योग व्यवसाय विशेष जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका थिए । उनीमाथि काठमाडौँ जिल्ला अदालतले २०८२ जेठ ५ गते एक वर्ष कैद र ११ लाख ५० हजार रुपैयाँ बिगो तिर्नुपर्ने आदेश दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?