National life

नबलि बैंकको ब्याजदर सार्वजनिक,साधारण बचतमा ७.९० प्रतिशतसम्मको ब्याजदर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३२ साउन २०८०, बिहिबार
459Shares
नबलि बैंकको ब्याजदर सार्वजनिक,साधारण बचतमा ७.९० प्रतिशतसम्मको ब्याजदर
ncell

काठमाडौं । नबलि बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर स्थिर राखेको हो ।

बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले रेमिटेन्स बचतमा भने ८.९० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा पनि सोही ब्याजदर कायम थियो ।

बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने १०.४९ प्रतिशतदेखि ११.४९प्रतिशतसम्म ब्याजदर तोकिएको छ । साउनमा पनि सोही ब्याज कायम थियो ।

बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ । बैंकको आधार दर ९.५२ प्रतिशत र स्प्रेड दर ४.९९ प्रतिशत छ ।

 

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?