National life

नबिल बैंकको १०० कित्ता सेयर खरिद गर्नेको अहिले कति पुग्यो ? १ लाख भन्दा कम लगानी गर्ने भए मालामाल

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
1.1kShares
नबिल बैंकको १०० कित्ता सेयर खरिद गर्नेको अहिले कति पुग्यो ? १ लाख भन्दा कम लगानी गर्ने भए मालामाल
ncell

काठमाडौं । १२ वर्ष अगाडि नबिल बैंकको १०० कित्ता सेयर खरिद गर्ने लगानीकर्ता अहिले लखपति बनेका छन् । सन् २०११ डिसेम्बर १ मा १०० कित्ता सेयर खरिद गर्नेको हाल १०४८ कित्ता सेयर पुगेको छ । सो समय प्रतिकित्ता बजार भाउ ८७० रुपैयाँ रहेको थियो । अर्थात, १०० कित्ता खरिद गर्नलाई कुल ८७ हजार रुपैयाँ (विभिन्न चार्ज बाहेक) लगानी आवश्यक पर्ने थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०११ देखि यसअवधिसम्म सेयर होल्ड गरेर बिक्री नगरी बस्ने लगानीकर्ताले ५० हजार भन्दा धेरै नगद लाभांश प्राप्त गरेका छन् । मंगलबारको अन्तिम कारोबार मूल्य अनुसार नबिलको हाल कायम सेयर संख्यालाई गुणान गर्दा ६ लाख १७ हजार रुपैयाँ बराबरको पोर्टफोलियो पुगेको छ ।

नबिलले एफपीओ बिक्री गरेर लाभांश वितरण गरेको होइन । यसले आफ्नो खुद मुनाफाबाट लगानीकर्तालाई प्रतिफल वितरण गरेको हो । लगानीकर्तालाई वितरण गर्दै आएको लाभांश दर हरेक वर्ष औसत बैंकिङ इन्डष्ट्रि लेबल भन्दा धेरै देखिएको छ । १२ वर्षको तथ्यांक अनुसार यसले लगातार बैंकिङ इन्डष्ट्रि लेबल भन्दा धेरै प्रतिफल दिएको छ ।

१२ वर्षको बैंकिङ इन्डष्ट्रिको औसत वितरण दर कति ?

नबिल बैंकको पछिल्लो १२ वर्षको औसत लाभांश दर ४३ प्रतिशत रहेको छ । तर पूरै बैंकिङ समूहको औसत लाभांश दर १९.४६ प्रतिशत देखिएको छ । यसर्थ, नबिलले लगानीकर्तालाई निकै आकर्षक प्रतिफल दिंदै आएको तथ्यांकले नै देखाउँछ । यस बैंकले पछिल्ला १२ वर्षमा ३० प्रतिशत भन्दा कमको लाभांश वितरण गरेको छैन । बैंकमा हजारको लगानीगर्ने लखपति र लाखको लगानी गर्ने करोडपति बनाएका छन् । १२ वर्षको तथ्यांक अनुसार नबिलले सबै भन्दा धेरै आर्थिक वर्ष २०६९-७९ र २०७०-७१ मा ६५ प्रतिशतसम्म प्रतिफल वितरण गरेको छ ।

कस्तो छ नबिल बैंकको वित्तीय अवस्था ?

नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब २५ करोड ६० लाख नाफा कमाएको थियो । नेपाल बंगलादेश बैंक गाभिएपछि पनि यसको नाफा ह्वातै बढेको हो ।

यसको खुद ब्याज आम्दानी ८ अर्ब ९१ करोड ८८ लाखबाट बढेर १७ अर्ब ९८ करोड ३२ लाख पुगेको छ । त्यसैगरी सञ्चालन नाफापनि ११ अर्ब २ करोड ६० लाख पुगेको रिपोर्टमा देखिएको छ । अघिल्लो वर्ष यसको उक्त नाफा ६ अर्ब २८ करोड १५ लाख रहेको थियो ।

नेपाल बंगलादेश बैंकलाई गाभेपछि यसको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । यसको जगेडा कोषको आकार पनि चुक्ता पुँजी बराबर पुगेको छ । नबिलको रिजर्भमा २७ अर्ब ७ करोड ७ लाख रहेको छ । यसले ३ अर्ब ९६ अर्ब ८४ करोड ३४ लाख निक्षेप संकलन गरेर ३ खर्ब ३२ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

खराब कर्जा बढेको कारण यसको एनपीएल पनि १.६२ बाट बढेर ३.३० प्रतिशत सम्म पुगेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जादर बढ्दो छ । समग्र बैंकिङ इन्डष्ट्रिमा उक्त दर बढेको छ । त्यसैको प्रभाव नबिलमा पनि देखिएको हो ।

यसको वितरणयोग्य नाफा अघिल्लो वर्षको भन्दा बढेको छ । २ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ रहेको लाभांश वितरण दर अहिले बढेर ३ अर्ब ९६ करोड १० लाख पुगेको छ । यसर्थ, नबिलले १४.६४ प्रतिशत प्रतिफल वितरण गर्न सक्न देखिएको छ । अरु वाणिज्य बैंकहरुको तुलनामा यो धेरै राम्रो हो । किनकी कतिपय बैंकको लाभांश क्षमता नै ऋणात्मक छ ।

कति छ ब्याजदर ?

असोज महिनाका लागि नबिल बैंकले सार्वजनिक गरेको मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.०५ प्रतिशतसम्म रहेको छ । बैंकले नर्मल सेभिङमा ६.०५४ प्रतिशत ब्याज तोकेको छ । यता, बेस रेटमा अघिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दर तोकेको छ ।

सञ्चालक समिति र व्यवस्थापक

नबिल बैंकको अध्यक्ष पदमा उपेन्द्र प्रसाद पौडेल रहेका छन् । त्यस्तै, निर्भान चौधरी, मलय मुखर्जी, आशा राणा अधिकारी, अन्नत पौडेल, प्रभिन तिब्रेवाला, एआरएम नाज्मुस सकिव सञ्चालक रहेका छन् । यता, बैंकको प्रमुख कार्यकारी अधिकृतको भने ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।

सेयर स्वामित्व

यस बैंकको ६० प्रतिशत लगानी संस्थापक र ४० प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ । संस्थापकमध्ये सबै भन्दा धेरै ३९.४४ प्रतिशत एनबी इन्टरनेसनलको लगानी हिस्सा रहेको छ ।

नबिलको शाखा सञ्जाल

नबिल बैंकको देशभर २६५ शाखा कार्यालय रहेका छन् । बैंकको ३०६ एटीएम मेसिन रहेका छन् । ग्राहक संख्या भने १८ लाखभन्दा बढी छ ।

कर्मचारीलाई बोनस

यस बैंकले कर्मचारीलाई वाणिज्य बैंक मध्ये सबै भन्दा धेरै १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ बोनस बापत छुट्याएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकले २०८० सालमा स्टाफ बोनसका लागि सो रकम प्रोभिजन गरेको हो । गत वर्ष यसले ७८ करोड ९३ लाख रुपैयाँ वितरण गरेको थियो । लगानीकर्ताका साथै, यसले कर्मचारीलाई पनि निकै बोनस तथा सेवा दिएको देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?