काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले १.०३ अर्ब खुद नाफा आर्जन गरेकोे छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १४.५६ प्रतिशतको वृद्धि हो ।
साथै, बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा ९१ आधार बिन्दुले सफलतापूर्वक कमी गर्दै २०८२ पौषको अन्त्यमा २.६४ प्रतिशत मा ल्याएकोे छ, जुन गत वर्षको सोही अवधिमा ३.५५ प्रतिशत रहेको थियो ।
त्यसैगरि, बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८१ पौषको अन्त्यको तुलनामा ४०.२६ प्रतिशतले उल्लेख्य वृद्धि गर्दै ७५.६९ करोड रुपैयाँबाट २०८२ पौषको अन्त्यमा १०६.१६ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकले आफ्नो पूँजी पर्याप्तता थप मजबुत बनाउदै बैंकको पूँजी पर्याप्तता अनुपात, २०८१ पौषको अन्त्यमा १२.८७ प्रतिशत बाट वृद्धि गरि २०८२ पौषको अन्त्यमा १४.१२ प्रतिशत पुर्याएको छ, जुन १२५ आधार बिन्दुको वृद्धि हो ।
बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.५८ प्रतिशतबाट घटाएर ४.२३ प्रतिशतमा ल्याउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३५ आधार बिन्दुले कम रहेको वित्तिय विवरणले देखाएको छ ।






































