National life

नेपाल एसबिआई बैंकद्वारा समाज कल्याण केन्द्र वृद्धाश्रममा सहयोग सामग्री प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|११ माघ २०८२, आइतबार
1.1kShares
नेपाल एसबिआई बैंकद्वारा समाज कल्याण केन्द्र वृद्धाश्रममा सहयोग सामग्री प्रदान
ncell

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाण्डौको पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रमका ६४ जना वृद्धवृद्धालाई न्यानो कपडा तथा विभिन्न अत्यावश्यक सामग्री प्रदान गरेको छ।

बैंकले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको तत्काल आवश्यकता पूरा गर्ने उद्देश्यले न्यानो कपडा, ब्ल्याङ्केट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पललगायत सामग्री सहयोगस्वरूप उपलब्ध गराएको हो। सहयोग सामग्री हस्तान्तरण कार्यक्रम बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिका प्रमुख शशी पौडेललाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

उक्त कार्यक्रममा पशुपति विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्मा भुषाल, कोषाध्यक्ष श्रीधर सापकोटा, नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्यलगायत बैंक तथा सम्बन्धित संस्थाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दै आइरहेको जनाएको छ।नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका देशभर १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?