National life

नेपाल एसबिआर्ई बैंकको नाफा रु.१.०३ अर्ब नाघ्यो, निष्क्रिय कर्जा तथा कोष लागत घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१८ माघ २०८२, आइतबार
1.2kShares
नेपाल एसबिआर्ई बैंकको नाफा रु.१.०३ अर्ब नाघ्यो, निष्क्रिय कर्जा तथा कोष लागत घट्यो
ncell

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ, जस अनुसार बैंकले रु. १.०३ अर्ब खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्षको सोही अवधिको तुलनामा १४.५६% को वृद्धि हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा ९१ आधार बिन्दुले सफलतापूर्वक कमी गर्दै २०८२ पौषको अन्त्यमा २.६४% मा ल्याएकोे छ, जुन गत वर्षको सोही अवधिमा ३.५५% रहेको थियो ।

त्यसैगरि, बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८१ पौषको अन्त्यको तुलनामा ४०.२६% ले उल्लेख्य वृद्धि गर्दै रु.७५.६९ करोड बाट २०८२ पौषको अन्त्यमा रु. १०६.१६ करोड पुर्याएको छ । बैंकले आफ्नो पूँजी पर्याप्तता थप मजबुत बनाउदै बैंकको पूँजी पर्याप्तता अनुपात , २०८१ पौषको अन्त्यमा १२.८७% बाट वृद्धि गरि २०८२ पौषको अन्त्यमा १४.१२% पुर्याएको छ, जुन १२५ आधार बिन्दुको वृद्धि हो ।

बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.५८% बाट घटाएर ४.२३% मा ल्याउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३५ आधार बिन्दुले कम हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?