National life
cg eloctronics

नेपाल राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ निकाल्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ जेठ २०८१, शुक्रबार
491Shares
नेपाल राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ निकाल्दै
ncell

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ निकाल्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ अर्ब रुपैयाँ झिक्ने पक्का भएको हो ।

तरलता बढेपछि अहिले अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेको छ भने जसका कारण राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा झिक्ने क्रम बढाएको छ । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो १२ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् भने निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । राष्ट्र बैंकले जेठ महिनामा मात्रै यो समेत गरी पाचौंपटक निक्षेप संकलन गरेको अवस्था छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
491SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?