National life
cg eloctronics

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने समय थप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
481Shares
प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने समय थप
ncell

काठमाडौँ । प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने समय थप गरिएको छ। यस स्कीमको इकाई खरिदका लागि अब असार ६ गतेसम्म आवेदन दिन सकिने भएको छ । आवेदन कम परेको कारण निष्कासन अवधि लम्बिएको क्यापिटलले उल्लेख गरेको छ ।

प्रभु क्यापिटलले जेठ २३ गतेदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीमको इकाई बिक्री खुला गरेको हो । क्यापिटलले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँ दरले यो खुलामुखी म्युचुअल फन्ड योजनाको इकाई बिक्री खुला गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुल ४ करोड इकाईमध्ये ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र अर्को ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी रहेको इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाई बिक्री खुला गरेको प्रभु क्यापिटलले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
481SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?