काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर धनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन बैंकका विद्यमान संस्थापक शेयर धनीहरूका लागि आजदेखि सेयर बिक्रीमा राखेको उल्लेख गरेको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ। यस्तो आवेदन काठमाण्डौको दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ।
निर्धारित मितिभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।






































