National life

माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
637Shares
माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर
ncell

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले वैशाख १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ३.५० प्रतिशत,६ महिनादेखि १ वर्षका लागि ३.७५ प्रतिशत,१ वर्षदेखि देखि ३ वर्षसम्मका लागि ५ प्रतिशत र ३ वर्षभन्दामाथिका लागि पनि ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि कुनै घटबढ गरेको छैन। बैंकले संस्थागत निक्षेपतर्फ वैशाख महिनाका लागि अधिकतम ४ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ । बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतफ ६ महिनादेखि १ वर्षसम्मका लागि ३ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ३.५० प्रतिशत र ३ वर्षभन्दा माथि अवधिका लागि ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
637SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?