काठमाडौँ । माछापुच्छ्रे बैंकको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन्। साउन ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गौतमलाई सञ्चालकमा नियुक्त गरेको हो।
पोखरा महानगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका गौतमलाई बैंकले स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको हो। उनको नियुक्ति साउन ५ गतेदेखिनै लागू हुने बैंकका कम्पनी सचिव सुभाष जमरकटेलले जानकारी दिए ।






































