National life

माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१० असोज २०८२, शुक्रबार
1.4kShares
माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित
ncell

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २७औँं वार्षिक साधारण सभा मिति २०८२ साल असोज १० गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा वार्षिक साधारण सभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बन्न सफल भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले उक्त नगद लाभांश दशै अगाडी नै सम्बन्धित शेयरधनीको खातामा पठाइसक्ने छ । बोनस शेयर वितरण पश्चात बैंकको कुल चुक्ता पूँजी १२ अर्व ८ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १६ रुपैंया २१ पैसा कायम गरेको थियो ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?