National life
cg eloctronics

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६ औं वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ साउन २०८२, बुधबार
643Shares
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६ औं वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न
ncell

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच मंगलबार सम्पन्न भएको छ । पेशागत महासंघका अध्यक्ष पुण्य प्रसाद ढकालले एक समारोहका बीच वार्षिकोत्सब मूल कायक्रमको समूद्घाटन गरेका हुन् ।

सो अवसरमा अध्यक्ष ढकालले राज्य तथा रोजगारदाताले श्रमिकको रोजगारी र सेवासूविधामा ध्यान पूर्याउन सके उत्पादकत्व वृद्धिमा स्वतः सहयोग पूग्ने बताए । राष्ट्रिय वाणिज्य बैंकमा हाल भइरहेको आन्दोलनमा महासंघको ऐक्यवद्धता जनाउदै ढकालले आवश्यक पहलकदमी लिइने र तार्किक निश्कर्षमा पूर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले सम्झौता भएर पनि कार्यान्वयन हून नसकेका विषयहरु तत्काल सम्बोधन हूनूपर्ने अन्यथा थप कडा आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिव तथा संघका पुर्व अध्यक्ष शिव कूमार अधिकारी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका नवनियूक्त अध्यक्ष देव कूमार ढकाल, निमित्त प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरी घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादूर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शूभकामना मन्तव्य व्यक्त गरेका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?